नेवा मिसा पुच: कास्कीमा नयाँ कार्यसमिति चयन

पाेखरा | चैत २६, २०७९

नेवा मिसा पुच: कास्कीमा नयाँ कार्यसमिति चयन

पोखरा:   नेवा मिसा पुचः कास्कीमा नयाँ कार्यसमिति चयन भएको छ । नेवा मिसाः पुचः कास्कीको शनिवार भएको चौँथो अधिवेशनले संगीता श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।


अधिवेशनले प्रथम उपाध्यक्षमा शक्ति प्रधानाङ्गलाई चयन गरेको छ । त्यस्तै दित्तीय उपाध्यक्ष रेवीका श्रेष्ठ, महासचिव किरण विजुक्छे, उपमहासचिवमा रजनी श्रेष्ठ तथा कार्यसमिति सदस्यहरुमा अन्जु बाटाजु, सविना विजुक्छे, कमला श्रेष्ठ, मिना प्रधान सरस्वती श्रेष्ठ, मिरा श्रेष्ठ, सगीता श्रेष्ठ, शान्ता श्रेष्ठ र भवानी माकाजु चयन हुनुभएको छ । यस्तै आमन्त्रित सदस्यहरुमा भावना श्रेष्ट, युगेन पालीखे, शान्ती श्रेष्ठ, इन्द्रा श्रेष्ठ, पविता श्रेष्ठ,बिष्णु श्रेष्ठ , निर्मला श्रेष्ठ, शमीला प्रधानाङ्ग ,शोभा श्रेष्ठ , रेष्मा श्रेष्ठ, सिता देवांजु, सविता श्रेष्ठ र शर्मिला श्रेष्ठ रहनुभएको छ ।  


नेवा मिसा पुचः कास्कीको नवौँ साधारणसभा तथा चौँथो अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सांसद विद्या भट्टराईले नेवा मिसा पुचःले नेवा संस्कृति जगेर्ना राख्न महत्वपुर्ण भुमिका खेलेको बताउनुभएको छ । एमाले सांसद भट्टराईले नेवा मिसा पुचः कास्कीले महिला सशक्तिकरण गर्नमा समेत महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । महिला सशक्तिकरणको बारेमा बोल्दै उहाँले अझैपनि महिलाहरुमा सिप क्षमता र दक्षता भएर पनि उद्यमशिल बन्न निकै समस्या भोग्नुपर्ने अवस्था रहेको बताउनुभयो । 


कार्यक्रममा नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले नेवारी समुदाय अझैपनि अगाडी बढ्न हिचकिचाउने गरेको बताउदै नेवार समुदायका मानिसहरु खाली अरुलाई अगाडी सार्ने र भ¥याङ मात्र बनेको बताउनुभयो । साथै उहाँले आगामी स्थानीय तह निर्वाचनमा कास्कीका सबै पालिकाहरुमा सके अध्यक्ष र कम्तिमा पनि वडा सदस्यमा भएपनि नेवारी महिलाहरुले उम्मेदवारी दिनुपर्ने र यसमा नेवा खल कास्की र नेवा मिसा पुचःले आवश्यक सहयोग गर्ने बताउनुभयो ।  


नेवा मिसा पुचको चौँथो अधिवेशन सँगै अध्यक्ष मेनुका श्रेष्ठको कार्यकाल सकिएको छ । कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले नेवारी सस्कार संस्कृति र नेवारी महिलाहरुको शसक्तिकरण गर्नमा सक्दो कोशिस गरेको बताउनुभयो । साथै उहाँले आफ्नो कार्यकाल सफल भएको दावी समेत गर्नुभयो । आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै निवर्तमान अध्यक्ष श्रेष्ठले आगामी दिनहरुमा पनि कास्कीमा रहेका विभिन्न सरकारी निकायले नेवा मिसा पुचः कास्कीलाई सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।  
 

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।   सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...

थप पढ्नुहोस्

पोखरा — ​कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...

थप पढ्नुहोस्

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

थप पढ्नुहोस्